
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शुक्रबार संसदको बजेट अधिवेशनमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीले आराम गर्न पर्ने अबस्था आइसकेको हुनाले प्रधानमन्त्री केपी शर्माले राजीनामा दिने बेला भएको धारणा राखेका हुन ।
उनले भने, 'पदका लागि प्रधानमन्त्रीले जसरी विभिन्न पार्टीभित्र खेल्न खोज्नु भयो यो गलत हो उहाले अर्को पार्टी फुटाउनका लागि नै अध्यादेश ल्याएको हो भने यो विषय गम्भिर हो ।'
उनले सरकारले ल्याइरहेको राहतका कार्यक्रम ठिक नभएको र सरकारले कोरोना महामारीबाट प्रत्यक्ष असर परेका क्षेत्रको तथ्यांक संकलन गरेर तयार पार्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस