aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मलेसियाबाट नेपाल फर्कन २६ सयले आवेदन भरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ बैशाख २०७७
मलेसियाबाट नेपाल फर्कन २६ सयले  आवेदन भरे

काठमाडौं । मलेसियामा रहेको २६ सय नेपालीले नेपाल फर्कन आवेदन दिएका छन् । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार अनलाइनमार्फत संकलन गरेको तथ्याकंमा शुक्रबारसम्म २६ सय जनाले घर फर्कन पाउँ भन्दै आवेदन दिएका हुन् । 

दूतावासले अनलाइनमार्फत आफ्नो विवरण भर्न भनेकोमा शुक्रबारसम्ममा २६ सय जनाले फारम भरेका हुन् । दूतावासले कोरोनाका कारण कुनै समस्या भएमा अनलाइनमार्फत विवरण भरी आफ्नोबारेमा जानकारी दिन अनुरोध गरेको छ । घर फर्कन नचाहनेले पनि आफ्नो समस्या टिपाउन सक्नेछन् ।

सबै जनाले आफूलाई परेको समस्या दूतावासमा राखेमा कसलाई के समस्या परेको छ भन्ने जानकारी दूतावासलाई हुने र पछि समन्वय गर्न सजिलो हुने बताइएको छ  । हालसम्म मलेसियामा रहेको २० जना श्रमिकलाई कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस