aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

‘चिनियाँले नेपालको कानुन पालना गर्नु पर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ बैशाख २०७७
‘चिनियाँले नेपालको कानुन पालना गर्नु पर्छ’

काठमाडौं । चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ। शुक्रबार राती प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति जानकार रहेको जनाएको हो।

प्रहरीमाथि जाइलाग्ने चार जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन वकालत गर्ने विज्ञप्तिमा उल्लेख छ। उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको जनाइएको छ।

उसले आफ्ना नागरिक अन्तर्राष्ट्रिय उडान लामो समय स्थगन हुँदा घर जान हतारिएको जनाएको छ। नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ। चीनले ३ सय ४० जनालाई लगिसकेको छ।

सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई संयम हुन भनेको छ। महामारीको यो कठिन घडीमा यस्ता घटनालाई संयुक्त रूपमा सम्हाल्दै अघि बढ्ने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस