aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

भिसाको म्याद सकिएकालाई मलेसिया छाड्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ बैशाख २०७७
भिसाको म्याद सकिएकालाई मलेसिया छाड्न निर्देशन

क्वालालम्पुर । मलेसियन सरकारले जनवरी १ तारिखयता भिसाको म्याद सकिएका नेपालीसहित सबै विदेशी कामदारलाई आआफ्नो देश फर्किन निर्देशन दिएको छ ।

मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न भनेको हो ।

त्यस्ता विदेशी कामदारलाई यही मे १२ तारिखदेखि २६ सम्म आफ्नो देश फर्किसक्न मलेसियन सरकारले निर्देशन दिएको मलेसियामा रहेको नेपाली दूतावासले विज्ञप्तिमा उल्लेख छ ।

तर यसरी स्वदेश फर्किननेले कुनै जरिवाना तिर्नु पर्दैन भने मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनुपर्ने पर्दैन ।

दूतावासका अनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा मलेसियन अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै एप्समार्फत समय र अनुमति लिनुपर्ने जनाएकाे छ ।

जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्ताको समय दिइएको थियाे ।

मलेसियामा रहनु भएका नेपाली नागरिकहरुले अनिवार्य रूपमा आफ्ना विवरण प्रदान गर्न तल दिईएको फारमको लिङ्कमा क्लिक मेइ ५ तारिखमा नै सूचना जारी गरेकाे छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस