aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

लिपुलेकमा बनाएको सडकबारे परराष्ट्रको कडा आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ बैशाख २०७७
लिपुलेकमा बनाएको सडकबारे परराष्ट्रको कडा आपत्ति

काठमाडौं । शुक्रबार भारतले नेपाली भूमी लिपुलेक हुँदै मानसरोबर जाने सडक भारतीय रक्षामन्त्रीले  भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरेपछि उब्जिएकाे तरंगपश्चात नेपालले त्यसको विरोध गरेको छ ।

शुक्रवार भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले आधिकारिक रूपमा कडा आपत्ति जनाएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रवार धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।

शनिवार परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको आफूहरूले लगातार भन्दै आएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार अपराह्न एक विज्ञप्ति जारी गर्दै भारतीय कदमको विरोध गरेको हो । विज्ञप्तिमा भारतको सो एकपक्षीय कदमले दुई देशबीचको द्विपक्षीय सहमती र दुई देशका प्रधानमन्त्री तहमा भएको समझदारीको पनि उल्लंघन भनिएको छ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले बताएको छ ।

भारतीय कदम सीमा विवाद सम्वादबाट हल गर्ने दुई देशका प्रधानमन्त्रीको सहमतिको पवि विपरित भएको भन्दै परराष्ट्र मन्त्रालयले भनेको छ, नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस