
एजेन्सी । अन्तर्राष्ट्रिय आर्थिक पत्रिका फोब्र्सले कोरोनाको महामारीको बीचमा भारतका शीर्ष अर्ब पतिहरूको सूची जारी गरेको छ । कोरोना संकटमा भारतीय अर्बपतिहरुको संख्या कम भएको तथ्यांक सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा यस सूचीमा फोब्र्सको अर्बपति सूचीबाट चार जना कम भएको जनाएको छन ।
रिलायन्स इण्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी भारतीय अर्बपतिहरूको सूचीमा शीर्ष स्थानमा नै रहेका छन् । मुकेश अम्बानी भारतका सबभन्दा धनी व्यक्तिका साथै एशियाका धनी व्यक्तिको सूचीमा पर्छन ।
यद्यपि मुकेश अम्बानीको सम्पत्ति गत वर्षको तुलनामा १३.२ अर्ब डलरले घटेको छ । मुकेश अम्बानीको कुल सम्पत्ति फोर्ब्सका अनुसार ३६.८ अर्ब डलर छ । राधाकृष्ण दमानी, शेयर बजारका अनुभवी लगानीकर्ता साथै उनी एभेन्यू सुपरमार्केटका संस्थापकर र डी मार्ट रिटेल चेनका सञ्चालन हुन । उनी भारतका दोस्रो धनी व्यक्तिको सूचीमा फोब्र्सले राखेको छ । उनको पनि गत वर्षको तुलनामा यसवर्ष १३.८ अर्ब डलर भएको छ ।
भारतका अर्बपतिको सूचीमा केही नयाँ अनुहार पनि आएका छन् । जसमा ३९ वर्षिय बायजु रवीन्द्रन समावेश भएका छन । उनले अनलाइन शिक्षा सम्बन्धी एप सञ्चालन गरेर अर्बपतिको सूचीमा परेका हुन । जनवरीमा भएको कम्पनीको मुल्यांकनमा बायजुको कम्पनीको ८ अर्ब डलरको मूल्य बराबरको रहेको फोक्र्सले उल्लेख गरेको छ । रविन्द्रको सम्पत्ति १.८ अर्ब डलर भएको बताएको छ । उनको कम्पनीमा मार्क जुकरबर्ग र चीनका टेनसेटले पनि लगानी गरेका छन् ।
तेस्रो नम्बर ११.९ अर्ब डलरको सम्पत्ति भएको शिव नडार रहेका छन । चौथो नम्बरमा उदय कोटक छन । उनको सम्पत्ति १०.४ अर्ब डलर रहेको छ । त्यस्तै पाचौं नम्बरमा गौतम अडानी जसको सम्पत्ति ८.९ अर्ब डलर छ ।
सुनिल मित्तल फोर्ब्सको सूचीमा भातका छैठौं नम्बरमा छन्। उनको सम्पत्ति ८.८ अर्ब डलर छ । त्यसै सातौ नम्बरमा रहेका सायरस पुनावालाको सम्पत्ति ८.२ अर्ब डलर रहेको छ । आठौं नम्बर कुमार विरला छन् भने नवौं नम्बरम लक्ष्मि मित्तल र दशौं नम्बर अजिम प्रमजी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस