
काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले उठाएको प्रश्नको ठाडो जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको हो ।
भारतीय विदेश मन्त्रालयले शनिबार साँझ वक्तव्य जारी गर्दै यस्तो जवाफ फर्काएको हो । उसले भनेको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’ नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न आफु प्रतिबद्ध रहेको समेत बताएको छ ।
नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक भारतले बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । अहिले नेपालमा त्यसको व्यापक बिरोध बहिरहेको छ । कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी हुँदै जाने बाटोको भारत सरकारका रक्षा मन्त्रीले शुक्रबार उद्घाटन गरेका थिए ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको बिज्ञप्ती यस्तो छ : (लिंक)
प्रतिक्रिया दिनुहोस