
नेपालका लागि बेलायतका पूर्व राजदूत रिचार्ड मोरिस बेपत्ता भएका छन्। उनी बेलायतको बेन्टले सहरबाट हराइरहेको भन्दै हेम्सपायर प्रहरीले खोजीका लागि सूचना निकालेको छ।
मोरिस सन् २०१५ को नोभेम्बरदेखि २०१९ को नोभेम्बरसम्म नेपालका राजदूत थिए। ५२ वर्षीय मोरिस अन्तिम पटक बेन्टलेमा मे ६ तारिख (विहान साढे १० बजे)मा देखिएको प्रहरीले जारी गरेको खोजी सूचनामा उल्लेख छ।
उनको परिवार उनको हेरचाहका लागि निकै चिन्तित रहेको उक्त सूचनामा भनिएको छ। उनलाई भेटाएमा १०१ मा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले रिचर्ड हुलिया ६ फिट अग्लो, श्वेत वर्णको, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह भएको बताइएको छ ।
उनले लामो बाहुला भएको नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र नीलो जुत्ता लगाएको प्रहरीले बताएको छ । यदि कसैसित उनको बारेमा जानकारी भए प्रहरीलाई १०१ मा फोन गरी रिफरेन्स नम्बर ६२७ उल्लेख गर्न बताइएको छ । यसैगरी ४४२००१६०३९८ मा फोन गरी विवरण दिन सकिने प्रहरीले जनाएको छ ।
उनी सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए । सन् १९९० मा फरिन एण्ड कमनलेल्थ अफिसमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका मोरिसले यसअघि विभिन्न कूटनीतिक जिम्मेवारी निभाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस