aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

हुन्डाईको चेन्नाई प्लान्टमा गाडी उत्पादन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
हुन्डाईको चेन्नाई प्लान्टमा गाडी उत्पादन शुरु

एजेन्सी । भारतमा लामो समयदेखि लकडाउन कायम रहेका बेला नै अटो कम्पनीहरूले केही सर्तका साथ उत्पादन शुरु गरिसकेका छन् । भारतको प्रसिद्ध कम्पनी हुन्डाई मोटर  आफ्नोचेन्नई प्लान्टमा काम शुरू गरिसकेको छ ।  कारखानाले सञ्चालनको पहिलो दिनमा २०० कारहरू उत्पादन गरेको छ । 

हुण्डईले एक विज्ञप्ति जारी गर्दै सामाजिक दुरीको १०० प्रतिशत सुरक्षा अपनाउदै कम्पनीको निर्माण प्लान्ट सञ्चानल गरेको जनाएको छ । कम्पनीका अनुसार कोरोना भाइरसको कारण संकटमा परेको अर्थतन्त्रलाई बचाउन लागि रहेको छ । कोरोना भाइरस महामारीको कारण हुन्डई मोटर्सको प्लान्ट मार्च २३ देखि बन्द थियो ।

 अप्रिलमा कम्पनीले बन्दको कारण आन्तरिक  बजारमा कुनै पनि सवारी साधन बेचेन । हुण्डाईले लकडानकै बेलामा १३४१ वटा गाडी निर्यात गरेको छ । अबको लकडाउन खुलेपछि विस्तारै अटो बजारले गति लिने विस्वास गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस