
काठमाडौं । काठमाडौंको केहि स्थानमा आज र भोली बत्ती काटिने भएको छ । सडक विस्तारका कारण काठमाडौंको केही ठाउँमा लाइन छुटाएर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो ।
बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा विद्युत् नआउने भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्युचाटार– स्वयम्भू फिडरबाट वितरित लाइन काटिने छ ।
प्रतिक्रिया दिनुहोस