aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

उदयपुरका पत्रकारलाई पीपीई सेटसहित स्वास्थ्य सामग्री सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
उदयपुरका पत्रकारलाई पीपीई सेटसहित स्वास्थ्य सामग्री सहयोग

उदयपुर । जोखिम मोलेर समाचार सम्प्रेषण गर्दै आएका उदयपुरका पत्रकारहरुलाई रोटरी क्लव अफ गंगबुले १५ सेट पीपीई सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्कामार्फत सबै पत्रकारलाई पुग्ने गरी क्लवका अध्यक्ष महेश बस्नेत लगायतको टोलीले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

क्लवले पीपीई सेटसँगै १ हजार थान मास्क, १ सय जोर पञ्जा र ५० थान सेनिटाइजर सहयोग गरेको हो । 

कोरोना भाईरस दिनदिनै बढ्दै गएको अवश्थामा पत्रकारले असुरक्षित महशुस गर्न थालेपछि सुरक्षित रहनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको क्लवका अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘कोरोना भाईरस बढ्दै जाँदा त्रास उत्तिनै बढ्ने र त्यसबाट जनताले सहि र समयमा समाचार प्रकाशन गर्न नपाउने भएकाले सुरक्षित रहन सामग्री उपयोगी हुने छ ।’

नेपालकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिएको उदयपुरको भुल्के क्षेत्रमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पिपिइ सेट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको क्लवका अध्यक्ष बस्नेतले बताए । 

उनले भने, ‘कोरोनाको बेला खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई प्रोत्साहत भत्ता, विमा सँगै स्वास्थ्य सुरक्षामा विशेष ध्याई दिई सामग्री उपलब्ध गराएको अबश्थामा सँगै खटिने पत्रकारलाई राज्यको ध्यान नपुगेकाले क्लवबाट सानो सहयोग गरेका हौ ।’

क्लवले पत्रकारसँगै कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपालिका, जिल्ला अस्पताल, नेपाल प्रहरी, जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिलाईसमेत पीपीइ सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेको अध्यक्ष बस्नेतले बताए । 

सामग्री बुझ्दै नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले पत्रकारलाई यो बेलाको सहयोग असाध्यै उपयोगी हुने बताए । उनले भने, रातदिन, परिवार नभनी सडकमै खटिने पत्रकारका लागि राज्यका निकायले सम्बोधन गर्न नसकेका अवश्थामा रोटरी क्लवको सहयोग महत्वपूर्ण रहने बताए । 

सहयोगी निकायलाई धन्यवाद दिँदे अध्यक्ष खड्का महासंघसँग निरन्तर सहकार्यका लागि हातेमालो फैलाउनु पर्ने बताए । यसअघि सिरहाको भल्वाईमासमेत स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताए । एक सय १५ बर्ष पुरानो संस्था क्लवले अफ्ट्यारोमा परेका जनता, संकटको बेला सामाजिक भावनाले स्वयंमसेवककोरुपमा खटदै आएको सचिब सुदिप बस्नेतले जानकारी दिए । 

यसअघि कोरोना भाइरसको जोखिम मोलेर निरन्तर समाचार स्रम्पेषण गरेका उदयपुरका पत्रकारलाई बिद्यार्थीले सुरक्षासामग्री उपलब्ध गराएका थिए । नमुना स्कुल गाईघाटका २०६२ सालका एसएलसी व्याजी बिद्यार्थीले पत्रकारलाई सुरक्षा सामग्री, जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालय अगाडी ५० हजार मुल्य बराबरको प्रविधियुक्त ट्याङ्की सहितको सुरक्षित धारा उपलब्ध गराएका हुन् । 

सेवा लिन आएका सेवाग्राहीलाई अनिवार्य हात धुने व्यवस्था मिलाउन हात धुने साबुन र खुट्टाले थिच्दा पानी आउने पानी ट्याङ्की सहितको प्रविधियुक्त एक÷एक थान उपलब्ध गराएको बिद्यार्थी ज्ञानेन्द्र मगरले बताए । 
 

प्रतिक्रिया दिनुहोस