aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आजबाट संसदमा प्रिबजेटबारे छलफल हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
आजबाट संसदमा प्रिबजेटबारे छलफल हुने

काठमाडौं । आजबाट संसदमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल हुनेछ । यसमा तीन दिनसम्म छलफल हुनेछ । 

११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् ।

नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रिबजेट छलफल गर्न लागिएको हो । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस