aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

‘भारतीय अतिक्रमण कूटनीतिक माध्यमबाटै हटाउनुपर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
‘भारतीय अतिक्रमण कूटनीतिक माध्यमबाटै हटाउनुपर्छ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले दार्चुलामा नेपाली भूमिबाट चीनको तिब्बत जोड्ने सडकको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिएका छन्।

भारतले मानसरोवर जाने सडक उद्घाटन गरेपछि अतिक्रमणको विवादले सिङगो देश तरंगति भएको भन्दै गृहमन्त्री थापाले ६ दशकदेखिको समस्याको अब कुटनीतिक रुपमा नै समधान खोजिनुपर्ने बताएका छन्।

‘पहिले पनि हामीले यस विषयलाई उठाउँदै आएको हो। सरकारले विरोध गरिरहेको छ। यसलाई कुटनीतिक रुपमा समधान खोजिनुपर्छ। छिटो भन्दा छिटो कुटनीतिक सम्वादबाट हल गर्नुपर्छ,’ गृहमन्त्री थापाले भने। त्यस्तै सीमा सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गर्ने तयारी समेत भइरहेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।

भारतीय गृहमन्त्री राजनाथ सिंहले दिल्लीबाटै भिडियो कन्फ्रेन्समार्फत नेपाली भूभाग मिचेर बनाएको सडकको गत शुक्रबार उद्घाटन गरिसकेका छन्‌। सो लगत्तै देशको भूभाग सुरक्षाका लागि नागरिकस्तरबाट भारतमात्र नभई सरकार र राजनीतिक दलहरूमाथि नै संशय प्रकट गर्न थालिएपछि संसदका दुई समितिले अहिले सोबारे बैठक राखिरहेका छन्‌। 
 

प्रतिक्रिया दिनुहोस