aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आगामी बजेट कोरोनाका कारण गम्भीर आर्थिक क्षति भएका क्षेत्रमा लक्षित हुन्छः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट कोरोनाका कारण गम्भीर आर्थिक क्षति भएका क्षेत्रमा लक्षित हुने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै खतिवडाले आगामी वर्षको बजेटले कोरोनाका कारण असर परेको अर्थव्यवस्था उकास्न र उत्पादनका क्षेत्रमा जनतालाई सहभागी गराउन प्राथमिकता दिने बताएका हुन् । 

उनले कोरोनाका कारण स्वास्थ्य पूर्वाधारमा थप लगानी गर्नुपर्ने देखिएकाले त्यसतर्फ ध्यान दिइने बताए। बजेटले सरकारले यसअघि लिएको नीति सुशासन र समृद्धिका लागि थप लगानी गर्ने अर्थमन्त्री खतिवडाले बताए। ‘कोरोना भाइरसका कारण देशले गम्भीर आर्थिक क्षति बेहोरेको छ। श्रम बजार, पर्यटन र आपूर्तिमा गहिरो असर परेको छ,’ उनले भने, ‘आगामी सरकारको बजेटले सुशासन र समृद्धिको बाटोमा कोरोना भाइरसले असर पारेको क्षेत्रमा खर्च गर्ने छ। लोक कल्याणकारी राज्यको अवधारणमा द्रुत विकासमा ध्यान दिइने छ।’

विकास, सुशासन र समृद्धि हासिल गर्नुका साथै कोरोना भाइरसका कारण आएको चुनौतीसँग लड्न बजेट व्यवस्था गर्ने उनले बताए। अर्थतन्त्रमा देखापरेका शिथिलतालाई अघि बढाइने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस