aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

मलेसियामा चार हप्ता थपियो लकडाउन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
मलेसियामा चार हप्ता थपियो लकडाउन

मलेसिया । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि चार हप्ता थप गर्दै जुन ९ सम्म पुर्‍याएको छ ।

यसअघि मे १२ सम्मका लागि तोमिएको लकडाउन चार हप्ता बढाउँदै जुन ९ सम्म पुर्‍याएको मलेसियाली प्रधानमन्त्री तान सिर मुहाइदिन याशिनलाई उद्धृत गर्दै द स्टारले लेखेको छ ।

मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरको हो । मे ४ देखि भने लकडाउन केही खुकुलो बनाइएको छ । मलेसियामा आर्थिक गतिविधि लगभगजसो सुरुवात भइसकेको छ । होटल, कलकारखाना लगायतका क्षेत्रहरु खुलेका छन् । तर निश्चित सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस