aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

सिक्किमी  सिमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप, ११ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
सिक्किमी  सिमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप, ११ घाइते

काठमाडौं । चीन र भारतको सीमामा खटिएका दुई देशका सैनिकबीच झडप भएको छ । सिक्किमस्थित सीमामा खटिएका भारतीय र चिनियाँ सैनिकबीच शनिबार झडप भएको हो ।

झडपका क्रममा ७ चिनियाँ र ४ भारतीय सैनिक घाइते भएकाे जनएकाे छ । उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका १५० भन्दा बढी सैनिकहरुबीच झडप भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 

यस घटनाबारे दुवै देशले प्रतिकृया जनाएका छैनन् । यस विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको एक सैनिक अधिकारीले बताएको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि सीमामा दुई देशका शैनिकबीच झडप हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस