
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित वन अधिकृत पक्राउ गरेको छ। नुवाकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा विदुर नगरपालिका २ स्थित डिभिजन वन कार्यालयको कम्पाउन्डभित्र रहेको उनको निवासबाटै रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस