
भारत । भारतको चेन्नईमा एक चिकित्सकले कोरोना भाइरसको उपचारका लागि बनाएको औषधि आफैंमा परीक्षण गर्दा उनको मृत्यु भएको छ । पेरुगुंडीमा बस्ने शिवगनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको ज्यान गएको हो । उक्त कम्पनीको कफ सिरप प्रसिद्ध छ ।
कोरोना भाइरस निको पार्न शिवगनेसन र उनका हाकिम राजकुमारले एक औषधि खोज्ने कोशिश गरिरहेका थिए । राजकुमारले उक्त औषधिका केही थोपा पिए भने शिवगनेसनले अलि बढी नै पिए ।
त्यसपछि दुवैजना बेहोश भए । उनीहरूलाई तत्कालै नजिकैको अस्पताल लगियो । शिवगनेसनको मृत्यु अस्पतालमा भएको थियो भने राजकुमारको स्वास्थ्य गम्भीर भएको बताइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस