
काठमाडौं । चौतर्फी विरोधपछि चीनले सञ्चालन गरिरहेको एक अन्तर्राष्ट्रिय मिडियाले सर्वोच्च शिखर सगरमाथा चीनको भएको भन्दै भ्रमपूर्ण दाबी सहितको ट्विट सच्याइएको छ । चिनियाँ टेलिजिभन ‘चाइना ग्लोबल टेलिभिजन नेकवर्ट (सिजिटिएन)’ यस्तो दाबी सहितको ट्टिट सच्याएको हो ।
उक्त टेलिभिजनले ट्वीटर मार्फत सगरमाथाका केही तस्बिर राख्दै चीनको तिब्बतमा पर्ने जनाएको थियो । सिजिटिएनको आधिकारिक ट्वीटरमा लेखिएको छ, ‘शुक्रबार माउन्ट कोमोलांग्मामाथि देखिएका सूर्यको किरणका असाधारण दृश्यहरु । चीनको तिब्बतमा पर्ने विश्वकै सर्वोच्च शिखरलाई सगरमाथा पनि भनिन्छ ।’
चिनियाँहरु सगरमाथालाई आफ्नो भाषामा ‘कोमोलांग्मा’ पनि भन्छन् । उक्त टेलिभिजनले पनि सगरमाथाको तस्बिर राख्दै आफ्नो भूमिमा पर्ने दावी गरेको हो । तर अन्तर्राष्ट्रिय मिडियाको यस्तो झुटो दावीप्रति धेरै नेपाली लगायत अन्य ट्वीटर प्रयोगकर्ताले पनि विरोध जनाएका थिए ।
धेरैको आलोचनापछि ट्वीटरमै उक्त टेलिभिजनले सच्याएको भन्दै सगरमाथालाई चीन र नेपालको सिमानामा पर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस