
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले जर्मनीको एक न्यूज़ आउटलेटद्वारा लगाएको गम्भीर आरोपको खण्डन गरेको छ । सो न्युज पोर्टलले संस्थाले आफ्नो समाचारमा चीनले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भाइरसका विषयमा विश्वव्यापी चेतावनी जारी गर्न ढिलो गर्नु भनेको आधारमा डब्लुएचओले त्यसै गरेको दाबी गरेको थियो ।
सो रिपोर्टमा जनाइए अनुसार २१ जनवरीमा चीनका राष्ट्रपति सी जिनपिंग र विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर ट्रेडोसबीच बातचित भएको थियो ।
जर्मन न्यूज़ वेबसाइटको दाबी छ, "जर्मनीको खुफिया एजेन्सी बीएनडीले पत्ता लगाए अनुसार चीनले विश्व स्वास्थ्य सङ्गठनसँग सम्पर्क गरेर कोरोना भाइरसको बारे विश्वव्यापी चेतावनी जारी गर्न ढिलो गरिदिनु भनेर आग्रह गरेको थियो । बीएनडी यो कुरामा आश्वस्त छ कि यो सन्देशको आदानप्रदान सी जिनपिंग र डाक्टर ट्रेडोस बिच २१ जनवरीमा भएको फोनवार्ताको क्रममा भएको थियो ।"
विश्व स्वास्थ्य सङ्गठनले यही कुराको खण्डन गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनले एक ट्विट गर्दै भनेको छ कि डेर स्पिगलको समाचारमा राष्ट्रपति सी जिनपिंग र डाक्टर ट्रेडोसको बारेमा जुन कुरा भनिएको छ त्यो सर्वथा गलत र पूर्णरुपमा निराधार छ ।
सो खण्डनमा २१ जनवरीको दिन उनीहरू बिच बातचित नभएको स्पष्ट पारिएको छ । यी दुईजना बिच फोनमा कहिलेपनि कुराकानी नै नभएको समेत सो ट्विटमा जनाइएको छ । यस्तो गलत समाचारले विश्व स्वास्थ्य सङ्गठन र संसारभरका कोभिड-१९ सँग लडिरहेकाहरूको ध्यान अन्यत्र मोड्ने समेत त्यसमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस