aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्यो

काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या घटेको देखिएको । पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय २० जनाको मृत्यु भएको देखिएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ८० हजार ७५७ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा १९ हजार ४४४ संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म २ लाख ५५ हजार ६५४ जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १६ हजार ४९३ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । न्युयोर्कमा २६ हजार ८१२ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ३ लाख ४५ हजार ४०६ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा ९ हजार २६० जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ३९ हजार ९५१ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ४ हजार ९७९ जनाको ज्यान गएको छ ।

त्यस्तै  मिचिगनमा ४ हजार ५५१, पेन्सिलभेनियामा ३ हजार ८२३, इलिनियोइसमा ३ हजार ४०६, कोनेक्टीकटमा २ हजार ९६७, क्यालिफोर्नियामा २ हजार ७१६, लुसियानामा २ हजार २८६ जना, फ्लोरिडामा एक हजार ७२१, मेरिल्याण्डमा एक हजार ६४४, इन्डियानामा एक हजार ५०८, जर्जियामा एक हजार ४०५, ओहियो एक हजार ३४१ र टेक्सासमा एक हजार १३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस