
भारत । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३५३ मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६७ हजार नाघेको छ। संक्रमितमध्ये २० हजार ९ सय ६९ जना निको एर घर फर्किएक छन् । वल्डो मिटर डट इन्फोको तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट २ हजार २ सय १२ जनाले ज्यान गुमाइसकेका छन् ।
हिजो मात्रै भारतमा ४ हजार ३ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् भने १११ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी राखिएको छ ।
प्रतिक्रिया दिनुहोस