
एजेन्सी । विश्वको अर्थतन्त्र लकडाउनका कारण पूरै ठप्प छ । हरेक देशले आफ्नो देशको अर्थतन्त्र सुधारका लागि विभिन्न प्याकेजहरु ल्याइरहेका छन् । यसै क्रममा भारतको उत्तरप्रदेश प्रदेशले अर्थतन्त्रलाई तिव्र रुपमा सुधार गर्नका लागि विभिन्न नयाँ सुधारका योजना ल्याएको छ । यस्तै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आर्थिक अवस्था सुधार तिव्र रुपमा गर्न केन्द्र सरकारसँग माग गरेका छन् । उनले राज्य लघु, सानो र मध्यम उद्यम) उद्यमको हब बनाउने योजना सार्वजनिक गरेका छन ।
उनले उद्यमीहरुलाई युपीमा आफ्नै उद्योग शुरु गर्न अपील गरेका छन्। यसको लागि कुनै प्रकारको झनझट व्यहोर्नु नपर्ने बताएका छन् । आफ्नै उद्यम गर्न चाहनेले उद्यम सञ्चालन भएको तीन वर्षको अन्तिम १०० दिनमा एनओसी (कुनै उत्पतिकोप्रमाणपत्र) को लागी आवेदन गर्नुपर्नेछ । त्यो पनि सजीलै पाउनेछन् । उत्तर प्रदेश सरकारले वातावरणलाई प्रभाव पर्ने बाहेक प्रायः सबै नियमहरू निष्कुय पर्ने धारण बाहिर ल्याएको छ ।
उद्यमीहरूको लागि एकद्धार प्रणाली मार्फत सबैलाई रोजगारी दिन प्रयास भइरहेको छ । सरकारले एमएसएमई र ओडीओपी (एक जिल्ला एक उत्पादन) क्षेत्रको ९ साना र ठूला इकाईहरूको आँखा लगाइरहेको छ। उनले प्रत्येक इकाईमा नयाँ रोजगारी सिर्जना गरी ९० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छन ।
योगी आदित्यनाथ सरकारले उद्यमीहरूलाई सबै प्रकारका सहयोग प्रदान गर्ने भनेको छ । उद्यमीहरुलाई आकर्षित गर्न विस्तृत कार्ययोजना तयार गर्न सबै अधिकारीहरुलाई निर्देशन दिइएको छ । उद्यम लागू गरेपछि एनओसी एक हजार दिन भित्रको अन्तिम सय दिन भित्रमा लागू गर्नुपर्नेछ ।
योगी सरकारले अबको तीन बर्षमा यूपीको प्रति व्यक्ति आयमा तिव्र वृद्धि गर्ने लक्ष्य राखेको छ । सरकारका अनुसार २०१६ मा यूपीको प्रतिव्यक्ति आय तल्लो तहमा पुगेको थियो। तर ओडीओपी, नयाँ चिनी मिल, पुरानो चिनी मिलको क्षमता विस्तार, लगानीकर्ता समिट र डिफेन्स एक्सपो आयोजना जस्ता प्रयासले प्रति व्यक्ति आय तिव्र रुपमा बढेको छ ।
प्रतिक्रिया दिनुहोस