aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

संकटबाट जोगिन साउदीले गर्यो कठोर निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
संकटबाट जोगिन साउदीले गर्यो कठोर निर्णय

एजेन्सी । साउदी अरबले कोरोना भाइरसले सिर्जना गरेको आर्थिक सङ्कटसँग जुध्न केही महत्त्वपूर्ण निर्णय गरेको छ । उसले आफ्नो भिजन २०३० को लागि छुट्ट्याएको बजेटबाट कतिपय कार्यक्रम रद्द गरेको छ भने धेरै स्थगित गरेको छ ।

१०० बिलियन रियादको सो प्रोजेक्टमा धक्का पुग्नुको कारण तेलको मूल्यमा आएको गिरावट र कोरोना महामारी भएको बताइएको छ । साउदीका अर्थमन्त्री मोहम्मद अल जदानले सोमबार यो जानकारी गराएका हुन् ।

त्यहाँको सरकारले मूल्य अभिबृदी कर्मा तीन गुनाले बृद्दि समेत गरेको छ । यसअघि ५ प्रतिशत मूल्य अभिबृदी कर लगाउँदै आएकोमा अब १५ प्रतिशत लाग्ने भएको छ । 

त्यहाँका सरकारी कर्मचारीको तलब सुविधा र खर्च बृद्दि बारे अध्ययन गरेर रिपोर्ट पेस गर्न एक समिति बनाएको छ । त्यसलाई ३० दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस