aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कपिलवस्तुका संक्रमित १० जना नै केहिदिन अघि भारतबाट आएको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
कपिलवस्तुका संक्रमित १० जना नै केहिदिन अघि भारतबाट आएको खुलासा

काठमाडौं । सोमबार बिहान संक्रमण पुष्टि भएका कपिलवस्तुका १० जना नै भारतबाट आएको पाइएको छ । उनीहरु १० दिन अघि मात्रै भारतको महाराष्ट्रबाट लुकिछिपी कपिलवस्तु भित्रिएको पाइएको छ । 

भारतबाट लुकिछिपि नेपाल प्रवेश गरेका उनीहरुलाई नेपाल-भारत सीमामा रहेको वैदौलीस्थित भन्सार नजिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमण पुष्टि भएका आठ जना वैदौलीस्थित क्वारेन्टाइनमा रहेका थिए भने दुइ जना बुद्धभूमि नगरपालिकाको क्वारेन्टाइनमा थिए ।

उनीहरुको शनिबार स्वाव संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा यशोधरा गाउँपालिका ५ का ८ जना र बुद्धभूमि गाउँपालिका ७ का २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकाहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेका छन्।

बुद्धभूमिको महेन्द्र मावि गोरुसिंगे र यशोधराको अनिरुद्ध मावि बैदौलीमा रहेका क्वारेन्टाइनमा बसेकासहित २ सय ९० जनाको स्वाब संकलन गरिएकोमा ९९ जनाको रिर्पोट आएकोमा १० जनाको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। संक्रमित १० जनालाई बुटवलस्थित कोरोना अस्पतालमा पठाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस