aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

‘अबको बजेट विगतको निरन्तरता नभई नयाँ सोचमा आउनुपर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
‘अबको बजेट विगतको निरन्तरता नभई नयाँ सोचमा आउनुपर्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले अब आउने बजेट विगतको निरन्तरता नभई नयाँ सोचका आधारमा आउनुपर्ने बताएका छन्। राष्ट्रिय सभाको बैठकका बोल्दै श्रेष्ठले कोरोना भाइरसको महामारीको समयमा आउने बजेटमा केही विशेष क्षेत्र छनौट हुनुपर्ने भन्दै नयाँ रुपमा सोचेर बजेट ल्याउन आग्रह गरे।

‘कृषि क्रान्ति कसरी गर्ने, रोजगारी वृद्धि कसरी गराउने, विदेशमा रहेका नेपालीहरु फर्केमा कसरी उनीहरुको व्यवस्थापन गर्ने ? सोचेर बजेट ल्याउनु पर्छ,’ उनले भने, ‘पब्लिक हेल्थलाई कसरी प्राथमिकता दिनेरु मेसिन बनाउने शिक्षालाई कम गरेर व्यवहारमा काम लाग्ने शिक्षा वृद्धिमा केन्द्रित हुनुपर्छ।’

काम गर्न सक्ने मान्छे बनाउने शिक्षामा जोड दिन आवश्यक भएकाले बजेट पनि त्यसैतिर केन्द्रित हुनुपर्ने उनले बताए। ‘अब पनि नयाँ ढङ्गले नसोच्ने हो भने कम्युनिस्ट सरकारको काम हुँदैन,’ उनले भने, ‘सामाजिक सुरक्षा र सामाजिक न्याय र मौलिक अधिकारको कार्यान्वयनमा कुनै प्रकारको कमजोरी नहुन ध्यान दिनु पर्दछ।’ यो सरकार इतिहासको नयाँ खालको सरकार भएकाले  देशलाई समृद्ध बनाउने कुरामा ध्यान दिएर बजेट ल्याउनुपर्ने श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस