
एजेन्सी । समुन्द्रमा अनौठा जीवहरू रहेका हुन्छन् । त्यहाँ वास्तवमा नै अर्को छुट्टै दुनियाँ रहेको छ । हालै संसारका एक चर्चित अन्डर वाटर फोटोग्राफरले एक यस्तो जीवको भिडियो बनाए जुन वास्तवमा अति दुर्लभ मात्र देख्न सकिन्छ । यो जीव यती चम्किलो थियो कि यसलाई हेर्दा समुन्द्रमा जल परी नै नाचे जस्तो देखिन्थ्यो ।
त्यसैले यसको नाम नै मानिसहरूले समुन्द्री परी राखेका छन् । यसलाई क्लेड जिम्नोसोमाटा पनि भनिन्छ । ग्रिकमा जिम्नोको अर्थ नग्न भन्ने हुन्छ । त्यसै गरी सोमाको अर्थ शरीर । यसको शरीर नै पारदर्शी हुन्छ त्यसैले भित्रको अङ्ग नै स्पष्ट रूपमा देखिन्छ ।
यो पटक यो ‘जल परी’को तस्बिर रसियाका एलेक्जेन्डर सेमेनोभले लिएका हुन् । उनी अन्डर वाटर फोटोग्राफी गर्छन् । उनी रसियाको हिउँ जमेको समुन्द्रको मुनि रहेका माछाको तस्बिर खिच्न गएका थिए । त्यसैबेला आफ्नो सामुन्ने आएको यो समुन्द्री परीको उनले २३ सेकेन्ड लामो भिडियो समेत खिचेका हुन् ।
भिडियो मा यो देखिन्छ कि त्यो जल परी एक्लै समुन्द्रमा पौडेर मज्जा लिँदै थियो । जब यो पौडिन्छ त्यो बेला यसको टाउकोबाट चम्किलो प्रकाश आउँछ । यस्तो लाग्छ की यो परीको शिरमा कुनै ताज चम्किरहेको छ ।
एन्टोनियो पारिस नाम गरेका अर्का सामुन्द्रिक फोटोग्राफरले सो भिडियो ट्वीटरमा हालेका छन् जसलाई हेर्न यहाँ क्लिक गर्नुस्
प्रतिक्रिया दिनुहोस