aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बल्ल जंगियो नेपाल सरकार, भन्यो- हामी पर्खन सक्दैनौ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
बल्ल जंगियो नेपाल सरकार, भन्यो- हामी पर्खन सक्दैनौ

काठमाडौं । ठुलो जनदवाब पछी बल्ल सरकारले भारतले सिमा मिचेको र नेपाली भुमि अतिक्रमण गरेको बारे केहि स्पष्ट भाषामा बोलेको छ । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको हो ।

सरकारले त्यसलाई यथास्थितिमा राख्न भारत समक्ष माग गरेको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले यसअघी कर्मकाण्डी ढंगले मात्र आपत्ति जनाएकोमा चौतर्फी आलोचना भएको थियो ।

नेपालले पठाएको कुटनैतिक नोटको जवाफमा भारतले आफ्नै भूमिमा सडक बनाएको दाबी गरेको छ । सोही जवाफमा  सीमा समस्याबारे कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि नेपालसँग वार्ता गर्न तयार रहेको बताएको थियो । यसप्रति असहमति राख्दै सरकारले कुर्न नसक्ने बताएको हो ।

नेपालले त्यसबेलासम्म पर्खिन नसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बताएका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अस्ती भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेरें । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको छ । हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने छ ।’

सो समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग अनलाईन मार्फत नै भएपनि वार्ता गर्न सुझाव दिएका थिए । त्यसको जवाफ दिंदै ज्ञवालीले भर्चुअल वार्ताको डाटा सुरक्षालगायतको प्रश्न उठ्ने बताए । उनले त्यसैबेला थपे, ‘तर सरकार भोलि गरेपनि हुन्छ, फुर्सदमा गरौंला भन्ने पक्षमा छैन ।’

 

प्रतिक्रिया दिनुहोस