aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कतार च्यारिटीद्धारा स्वास्थ्य सामग्री सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
कतार च्यारिटीद्धारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । कतार च्यारिटीले विश्वभर महामारीको रुप लिएको कोभिड १९ को उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ। च्यारिटीले कोरोना उपचारमा प्रयोग हुने पर्सनल प्रोटेक्टिभ एकयुप्मेन्ट (पीपीई) ७०० थान र ज्वरो नाप्ने थर्मल गन १२६ थान सहयोग गरेको हो। 

च्यारिटीले उक्त सामग्रीहरु कोरोनाले बढी प्रभावित नेपालका प्रदेश १, प्रदेश २ र प्रदेश ५ का प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको हो। उक्त सामग्री प्रदेश १ को सामाजिक बिकास मन्त्री जीवन घिमिरे मार्फत ३०० स्थान पिपीई सेट र २६ थान थर्मल गन व्यवस्थापन केन्द्र बिराटनगर लाई हस्तान्तरण गरिएको हो। 

त्यस्तै, प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादब मार्फत १०० थान पीपीई सेट र ३१ थान थर्मल गन त्यहाँको व्यवस्थापन केन्द्र जनकपुरलाई हस्तान्तरण गरिएको हो। त्यस्तै प्रदेश ५ को लागि ३०० थान पीपीई र ७० थान थर्मल गन त्यहाँको व्यवस्थापन केन्द्र  बुटवललाई हस्तान्तरण गरिएको हो।  

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिरहेको काममा केहि सहयोग पुर्याउन र बढी प्रभावित क्षेत्रमा काम गर्न सजिलो होस् भन्ने उदेश्यले उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए।

दुई बर्षअघि मात्र नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले बिभिन्न अप्ठारोमा नेपालमा सहयोग गर्दै आएको छ। हालै मात्र च्यारिटीले सुनसरीका मजदुर तथा बिपन्न ५६० परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको थियो। भूकम्पबाट प्रभावितलाई बिभिन्न सहयोग गरेको कतार च्यारिटीले यसअघि पनि प्रदेश २ तथा काठमाडौंका आर्थिक रुपमा कम्जोर परिवारलाई सहयोग गरेको थियो। 

च्यारिटीले शिक्षा क्षेत्रमा अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, बिद्यालयहरुमा चर्पी लगायतका आवश्यक पूर्वधार निर्माण, कम्जोर आर्थिक अवस्था भएकालाई बिभिन्न प्रकारका आर्थिक सहयोग गर्दै आएको छ।  

च्यारिटीले केहि महिनाअघि मात्रै मुस्लिम र गैरमुस्लिम समुदायमा पूँजि परिचलान गर्न सक्ने क्षमता विकास गर्नलाई काठमाण्डौका बिपन्न परिवारहरुलाई पसल खोलिदिएको थियो। 

च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किरानापसल तथा १० जनालाई ठेला पसल संचालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर समानहरु हस्तान्तरण गरेको छ।

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो। त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २००० बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो।  

अरब मुलुकको सवैभन्दा ठुलो  गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। 
 

प्रतिक्रिया दिनुहोस