
काठमाडौं । नेपालमा फेरी १ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस