aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आर्थिक र राजनीतिक क्षेत्रका हत्या र प्रवृत्तिबारे खुला बहस गर्न मन छ: बास्कोटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
आर्थिक र राजनीतिक क्षेत्रका हत्या र प्रवृत्तिबारे खुला बहस गर्न मन छ: बास्कोटा

काठमाडौं । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आर्थिक र राजनीतिक क्षेत्रका हत्या र प्रवृत्तिबारे खुला बहस गर्न मन रहेको बताएका छन् । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको आरोपमा संचार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका नेकपा सांसद बास्कोटा लामो समयपछि संसदमा बोल्दै यस्तो बताएका हुन् ।

आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि बास्कोटा सोमवार संसद्को रोष्टममा उभिएका हुन् ।

‘हुनत मलाई केही कुराहरू बोल्नु थियो, मेरो आफ्नो बारेमा तथ्य राख्नुछ । पाखण्डी प्रवृत्तिबारे बोल्नुछ, आर्थिक र राजनीतिक क्षेत्रका हत्या र प्रवृत्तिबारे पनि मैले बोल्नुछ,’ बास्कोटाले भने, ‘सामाजिक आर्थिक र राजनीतिक शुद्धताका केही मानकका बारेमा पनि केही खुला बहस गर्न मन छ ।’

उनले अगाडि थपे, ‘समय मैले यस विषयमा पाएको होइन त्यसैले सुशासन के हो रु भ्रष्टाचार के हो ? त्यसविरुद्धको अडान के हो ? र दृढता के हो ? र कमिसन के हो यी विषयमा पनि मलाई बोल्न मन थियो, म बोल्ने नै छु । त्यसका लागि मैले समय माग्छु, त्यसका लागि मैले विशेष समय पाउनुपर्छ भन्ने पनि माग राख्न चाहन्छु ।’

बास्कोटाले आफ्नोविरुद्ध लागेको आरोपबारे संसदमा बोल्न आगामी दिनमा आफूलाई विशेष समय उपलब्ध गराउन माग समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस