aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

भारतीय शेयर बजारमा लकडाउन खोल्ने हल्लाले उछाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
भारतीय शेयर बजारमा लकडाउन खोल्ने हल्लाले उछाल

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन हटाउने हल्लाले भारतको शेयर बजारमा उछाल आएको छ । सोमबार बजारमा ६०० अंकसम्मको वृद्धिसँग बजारमा कारोबार भएको छ । सेन्सेक्स ३२ सय अंकमा पुगेको छ भने नेशनसल स्टक एक्स्चेञ्ज(नेफ्टी) मा २ सय अंकको वृद्धिसँग ९५ सय पुगेको  छ ।  

बम्बइ स्टक एक्स्चेञ्ज(बिएसई) ३० शेयरमा मात्र २ कम्पनीका शेयरमात्र रातो देखिएका थिए । आईसीआईसी बैंक र नेस्ले कम्पनी मात्रै रातो देखिएका थिए ।  धेरै कमाउनेहरुमा अटो सेक्टरको मारुती, हीरोमोटोकर्प, बजाज अटो, महिन्द्रा र महिन्द्रा समावेश छन् ।  यसका साथै अल्ट्राटेक, इन्डियसइन्ड बैंक, इन्फोसिस, रिलायंस, टीसीएस, एयरटेलको शेयर बढेर नै कारोबार भएका थिए । 
 

प्रतिक्रिया दिनुहोस