aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

तत्कालै गल्ती सच्याउन अमेरिकालाई चीनको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
तत्कालै गल्ती सच्याउन अमेरिकालाई चीनको चेतावनी

चीन । चीनले अमेरिकालाई तत्कालै गल्ती सच्याउन चेतावनी दिएको छ । चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको हो । 

अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो । चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो ।

आफूहरुले यस्तो निर्णय अस्विकार गर्ने चीनले जनाएको छ । यस्तो निर्णयलाई चीनले आफ्ना मिडियामाथि दबाबको रुपमा व्याख्या गरेको छ । ‘हामी यसको विरुद्ध कडा विरोध र असन्तुष्टि व्यक्त गर्छौँ, अमेरिकाले तुरुन्तै यो गल्ती सच्याओस् भन्ने हामी चाहन्छौँ । अन्यथा चीनसँग जवाफी उपाय लिने भन्दा अन्य विकल्प छैन,” झाओले भनेका छन् । एजेन्सी  

प्रतिक्रिया दिनुहोस