aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सर्वोच्चको आदेशः खोप अभियान नरोक्नु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
सर्वोच्चको आदेशः खोप अभियान नरोक्नु

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई खोप अभियान नरोक्न आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न आदेश दिएको हो ।  

आदेशमा भनिएको छ, ‘खोप अभियान सञ्चालन नगर्दा बालबालिकाहरुको स्वास्थ्यमा पर्न जाने प्रतिकूल प्रभाव समेतलाई विचार गर्दा खोप अभियानलाई सुरक्षित साथ सञ्चालन गर्नु/गराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’

कोरोना संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत १० गते सूचना जारी गरी चैत मसान्तसम्मका लागि दादुरा खोप अभियान स्थगित गरेको थियो । त्यसपछि खोप अभियान शुरु भएको छैन । अधिवक्ता सन्तोष भण्डारी लगायतले खोप रोक्दा बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस