aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

लकडाउन खुकुलो बनाएपछि जर्मनमा कोरोना संक्रमण बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
लकडाउन खुकुलो बनाएपछि जर्मनमा कोरोना संक्रमण बढ्यो

जर्मन । जर्मनीमा लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रमणको दर वृद्धि भएको छ । जर्मनीको रोग तथा नियन्त्रण केन्द्र, द रोबर्ट कोच इन्स्टिच्युटका अनुसार यसअघि एक मापन गरिएको सङ्क्रमण वृद्धि दर हाल १ दशमलव १३ पुगेको हो ।

द् रोबर्ट इन्स्टिच्युटका अनुसार शनिबार जर्मनीमा सङ्क्रमण वृद्धि दर एक मुनि रेकर्ड गरियो । जर्मन चान्सलर एञ्जेला मर्केलले बुधबारदेखि सबै पसल, विद्यालय खुल्ने र बुन्डेसलिगा ससर लिग सुरुवातको घोषणा गरेका थिए । उनले लकडाउनमा खुकुलो गरिएको घोषणा गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस