aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पत्रकार सम्मेलनमा जंगिए ट्रम्प, भने- यो प्रश्न चीनलाई सोध्नु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
पत्रकार सम्मेलनमा जंगिए ट्रम्प, भने- यो प्रश्न चीनलाई सोध्नु

एजेन्सी । अमेरिकी राष्ट्रपति कार्यालयमा सोमबार भएको पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रुखो स्वरुप देखाएका छन् । 

उनले अमेरिकामा अरु देशको तुलनामा निकै धेरै कोरोनाभाइरस परीक्षण भएको अभिव्यक्ति दिएपछि सिबिएस समाचारकी पत्रकार वेइजिया जियाङले उनलाई प्रश्न सोधिन्, ‘दैनिक संक्रमित भेटिएका छन्, सयौँको मृत्यु भएको छ । तर, तपाईंलाई परीक्षण नै धेरै भइरहेको किन लाग्छ ?’

ट्रम्पले सुरुमा उनको प्रश्न बेवास्ता गर्न खोजे । अनि जवाफ दिए– यो प्रश्न चीनलाई गर्नु । 

जियाङले ट्रम्पलाई फेरि सोधिन्– किन ममाथि सधैं यस्तो ? 

त्यसपछि ट्रम्पले पत्रकारहरुको प्रश्न लिनै छोडिदिए । अर्की एक पत्रकारलाई पनि उनले अघि किन रेस्पोन्ड नगरेको भन्दै जवाफ दिएनन् । अनि धन्यवाद भनेर उनी फर्किए । ट्रम्पले यसअघि पनि जियाङलाई यस्तै गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस