aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

आज पनि हावाहुरी र चट्याङसहित वर्षा हुने, बिहिबारसम्म मौसम नसुध्रने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
आज पनि हावाहुरी र चट्याङसहित वर्षा हुने, बिहिबारसम्म मौसम नसुध्रने

काठमाडौं । आज (मंगलबार) बिहानैदेखि देशभरको मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ । यस्तो अवस्था बिहिबारसम्म रहने छ  ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज पहाडका केही र तराईका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

बिहान धुम्म देखिएपनि काठमाडौंमा भने घाम लाग्ने सम्भावना रहेको छ। तर, अपराह्नपछि भने बदली भई मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जानकारी प्राप्त भएको छ ।

यस्तै देशभका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै ठाउँमा पनि अपराह्नपछि नै हावाहुरी, चट्याङ तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौमसविद् बताउँछन् ।

यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

वैशाख ३० गते (मंगलबार)

दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख ३१ गते (बुधबार)

दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशको पुर्वी तथा मध्य भू-भाग भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ १ गते (बिहीबार)

दिउँसो : देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस