
भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार मोदीले आज साँझ ८ बजे फेरी देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।
आजको सम्बोधनमा मोदीले लकडाउन बढाउने र लकडाउनबाट बाहिर निस्किने सरकारको योजना सार्वजनिक गर्नसक्ने बताइएको छ ।
यस अघि मोदीले सोमबार सबै राज्यका मुख्यमन्त्रीसँग करिब ६ घण्टासम्म भिडियो कन्फेरेन्समार्फत छलफल गरेका थिए । यस छलफलमा धेरैजसो मुख्यमन्त्रीहरुले लकडाउन बढाउन सुझाव दिएका थिए ।
भारतले मार्च २५ देखि लकडाउन जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस