aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
सर्वोच्चले रोक्यो कर, सुमार्गीले तिुर्नपर्ने ४ अर्ब ३१ करोड ९५ लाख उठाउनन निर्देशन

सर्वोच्चले रोक्यो कर, सुमार्गीले तिर्नुपर्ने ४ अर्ब ३१ करोड ९५ लाख उठाउन निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ जेठ २०७६
सर्वोच्चले रोक्यो कर, सुमार्गीले तिर्नुपर्ने ४ अर्ब ३१ करोड ९५ लाख उठाउन निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले व्यवासायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार रुपैयाँ कर निर्धारण गरेको छ ।

उक्त कर निर्धारण विरुद्ध सर्वोच्च अदलत पुगेका सुमार्गीसँग एक पक्षिय सुनुवाई गरी न्यायधिश बमकुमार श्रेष्ठको इजलासले लाभकर अशुली लगायतका काम कारवाही  नगर्न अन्तरिम आदेश जारी गरेको हो । नेपाल स्याटेलाइट टिेलिकमको ७५ प्रतिशत स्वामित्व रहेको साइप्रसस्थिति एयरबेल सर्भिसेस लिमिटेडसँग छ ।

उत्तः कम्पनीमार्फत टेलिया सोनोरा कम्पनीले ५ अर्ब ७१ करोड रुपैयाँ एसरबेलसँग सेयर खरिद गरेको थियो । बिक्रीका क्रममा ५ अर्ब ६३ करोड ५०लाख रुपैयाँ पुँजीगत लाभ भएकामा त्यसको २५ प्रतिशतले हुने एक अर्ब ४० कराड ८७ लाख ५० हजार रुपैया दाखिला नभएको आन्तरिक राजस्व कार्यालयले दाबी गरेको छ । कान्तिपुर दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस