aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपालमा पहिलोपटक पत्रकारलाई कोरोना पुष्टि, पर्सामा भेटिए ४ संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
नेपालमा पहिलोपटक पत्रकारलाई कोरोना पुष्टि, पर्सामा भेटिए ४ संक्रमित

काठमाडौं । नेपालमा पहिलोपटक पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज पर्सामा भेटिएका ३९ जना संक्रमित मध्ये ४ जना पत्रकार रहेको खुलेको हो । 

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् । उनले चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएकोले अन्यमा पनि हुनसक्ने आशंकामा पिसीआर परिक्षण गर्न लागिएको जानकारी दिए ।

वीरगञ्जका पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले दुरव्यवहार गरेको विरोधमा वीरगञ्ज भरीका पत्रकारहरू सोमबार र मंगलबार वीरगञ्जको घण्टाघरमा धर्ना दिएका थिए । त्यस्तै उनीहरुले मंगलबार नै धर्नापछि जिल्ला प्रशासन कार्यालय पर्सामा गई पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

धर्ना दिँदा र ज्ञापनपत्र बुझाउँदा संक्रमण देखिएका पत्रकारहरू पनि सहभागी रहेकाले वीरगञ्जमा सबै पत्रकारहरू त्रसित भएका छन् । उनीहरुको पनि पिसीआर परिक्षण गर्ने तयारी गरिएको बताइएको छ । 

 हालसमम नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस