aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
अमेरिकी राजदूतसँग स्पष्टीकरण, कूटनीतिक मर्यादा विपरीको अभ्यास

अमेरिकी राजदूतसँग स्पष्टीकरण, कूटनीतिक मर्यादा विपरीको अभ्यास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ जेठ २०७६
अमेरिकी राजदूतसँग स्पष्टीकरण, कूटनीतिक मर्यादा विपरीको अभ्यास

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार ट्वीटरमार्फत‘राजदूतसँग गफगाफ सुरु गर्न लागेको उद्घोष गरे । म सामाजिक सञ्जालमा तपाईहरुसँग अन्तरक्रिया गर्न चाहन्छु तर सम्भवतः म अमेरिकी दूतावाससँग जोडिनुभएका तपाईं ४० लाख सामाजिक सञ्जाल प्रयोगकर्तासँग भेट्न सक्नेछैन’ उनले भनेका छन् –‘त्यसैले म तपाईंहरुका प्रश्न सुन्न र उत्तर दिन ‘राजदूतसँग गफगाफ’ सुरु गर्दैछु । प्रतीक्षा गर्नुहोस् ।’ 

राजदूतको यो घोषणाको सुरुमा केहीले स्वागत गरेपनि यसले विवाद सिर्जना गरेको छ । केही कूटनीतिज्ञले राजदूतले नियमित गफगाफ गर्ने शृङ्खला समकालीन कूटनीतिक अभ्यासमा नपर्ने टिप्पणी गरेका छन् भने कतिपयले नेपालको हैसियत हेरेर यस्तो अभ्यास गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । 

कूटनीतिकसम्बन्ध सम्बन्धी भियना कन्भेन्सन–१९६१ ले कूटनीतिक विशेषाधिकार र उन्मूक्ति प्रयोगमा पूर्वाग्रह राख्न नपाइने उल्लेख गरेको छ । यस्ता अधिकार प्रयोग गर्दा आतिथ्यता प्रदान गर्ने राष्ट्रको कानुन र नियम मान्नुपर्छ । त्यस्तै, आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने पनि राजदूतको कर्तव्यभित्र पर्ने उल्लेख छ । 

राजदूतको पहिलो र एकमात्र काम भनेको कूटनीतिक सीमाभित्र रहेर द्विपक्षीय सम्बन्ध बिस्तार गर्ने हो । स्वाभाविक रुपमा हरेक देशका राजदूतले आफ्नो देशको राष्ट्रिय स्वार्थको संरक्षण गर्ने प्रयास गर्छन् नै तर त्यसोगर्दा पनि पारस्परिक सहमति र लाभका आधारमा गर्नुपर्छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस