aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कपिलवस्तुमा नर्सलाई पनि कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
कपिलवस्तुमा नर्सलाई पनि कोरोना संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा एक नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत २५ बर्षीया स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

मंगलवार पुष्टि भएको कपिलवस्तुमा ८ जना संक्रमितमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत स्टाफ नर्स रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ ।

कपिलवस्तुमा मात्रै कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस