aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नेपाल सरकारकाे नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
नेपाल सरकारकाे नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत गर्ने भएको छ । सोमबार र मंगलबार प्रतिनीधीसभामा आर्थिक वर्ष २०७७/७८को बजेटको शिद्धान्त प्राथामिकतामाथी छलफल जारी छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

कोरोनाभाइरसका कारण लकडाउनकैबीच प्रस्तुत गरिने नीति कार्यक्रममा अनावश्यक खर्च कटौती, विकास निर्माणका परियोजनाको निरन्तरता, रोजगारी सिर्जना, औद्योगिक एवम् कृषि उत्पादकत्व वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, सामाजिक सुरक्षाजस्ता राष्ट्रिय चासोका विषयलाई पनि नीति तथा कार्यक्रममा संलग्न गरिने अपेक्षा गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आयव्ययको विवरण (बजेट) पनि नीति तथा कार्यक्रमको सेरोफेरोमा रहेर सरकारले तयार गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस