
काठमाडौं । गृह मन्त्रालयले यसभन्दा पहिला जारी गरेको सम्पूर्ण एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी ई पास रद्द गरेको छ । मंलगबार गृहमन्त्रालयले सवारी पास दूरुपयोग भएको गुनासो र कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएकाले यसभन्दा पहिलाका जारी गरिएका पास जेठ १ गते विहिबारदेखि रद्द गर्ने निर्णय भएको गृहमन्त्रालयका उप–सचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले आर्थिक न्युजडटकमलाई जानकारी दिए ।
उनले भने, 'अहिले सडकमा सबैले परिचयपत्र देखाएर सवारी साधानको भिड गरेको देखियो र नियामक नियकाले पनि पासमा नियन्त्रण नगरेको पाइयो त्यसैले अब सवारी पासमा पनि कडाई हुन्छ ।' उनले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा भने यो नियम लागू नहुने बताए ।
अब सरकारी कर्मचारीलाई समेत पास अनिवार्य गरिएको छ । अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हक सम्बन्धीत मन्त्रालयको सचिवले पास जारी गर्ने उप–सचिव अधिकारीले बताए ।
बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिहरुका लागि पनि अब सम्बन्धीत नियामक निकायहरुले उपलब्ध गराउने पास बाहेक अन्य परिचयपत्रका आधारमा बाहिर निस्कन नमिल्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस