aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई कोरोना संक्रमण

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पोस्कोभलाई कोरोना सङ्क्रमण भएको पाइएको छ । अन्तराष्टिय सञ्चारमाध्यका अनुसार ५२ वर्षीय पेस्कोभले आफै यसबारेमा जानकारी दिएका हुन् । उनी मस्कोको एक अस्पतालमा भर्ना भएका छन् । 

पछिल्लो केही हप्तादेखि रुसमा कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । पछिल्लो केही दिनयता दैनिक १० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितको सङ्ख्याको आधारमा रुस विश्वको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस