aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपाल फर्किन भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक नेपालीमा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
नेपाल फर्किन भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक नेपालीमा कोरोना पुष्टि

काठमाडौं । स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वरेण्टीनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा. उज्ज्वल कुमारले बताए । 

पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताए । रुपन्देहीको सीमापारी रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा एक जनामा कोरोना देखिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस