aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
यस्तो छ आजको मौसम

काठमाडौं । आज देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले आज बिहान काठमाडौं उपत्यकासहित प्रदेश ३, सुदूरपश्चिम, कर्णाली र प्रदेश २ मा मौसम बदली छ।

आज पश्चिमी वायुको अर्को नयाँ प्रणाली भित्रिएको छ। जुन कर्णाली प्रदेशमा प्रवेश गरिसकेको छ। जहाँ अहिले बिहान नै वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले जनाएका छन् । 

जुन प्रणाली बिस्तारै पूर्व सर्ने क्रममा रहेको र दिउँसोसम्ममा काठमाडौं उपत्यकामा पनि बदली भई वर्षा हुने सम्भावना रहेको छ । आज पश्चिम, मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस