काडमाडौं । शेयर कारोबारमा राफसाफ चक्रलाई २ दिन (टी जोड दुई) मा झार्ने तयारी भइरहेको छ । राफसाफ चक्रको विषयमा अध्ययन गर्न गठित समितिले हाल कायम रहेको ३ दिन (टी जोड तीन) को राफसाफ चक्रलाई घटाएर २ दिनमा झार्न प्रस्ताव गर्न लागेको हो ।
सिडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल स्टक एक्सचेन्जकी कायममुकायम उपप्रबन्धक प्रविन पन्दाकको संयोजकत्वमा यस्तो समिति गठन गरी अध्यायन अघि बढाएको थियो ।
सयोजक पन्दाकले यस विषयमा शेयर कारोवार गर्ने ब्रोकर कम्पनीहरु र लगानीकर्तासँग छलफलपछि टी जोन दुइको चक्रलाई कार्यान्वयनमा लैजना प्रस्ताव गर्ने तयारी भएको बताइन् । उनले भनिन् “विज्ञसमूहको सुझाव समेतलाई ध्यानमा राख्दा तत्काल १ दिनको राफसाप (टी जोड एक) को चक्रमा जानुभन्दा विस्तारै घटाउँदै लैजानु उचित हुने देखिएको छ ।” समितिले ८० प्रतिशत काम सकिसकेकाले चाँडै नै प्रतिवेदन बुझाउने तयारी गरेको बताएको छ ।
समितिले प्रस्ताव गरे पनि यस विषयमा आधिकारिक निर्णय भने नेपाल धितोपत्र बोर्डले गर्ने उनले जानकारी दिइन् । अन्तराष्ट्र्यि अभ्यास हेर्दा पनि धेरैजसो मुलुकमा टी जोड दुइको चक्र कार्यन्वयनमा रहेको संयोजक पन्दाकले बताइन् । उनका अनुसार सम्बद्ध सबै पक्षको सुझव पनि टी जोड दुईकै पक्षमा देखिएकोले समितिले सोही प्रस्ताव लैजान लागेको स्पष्ट पारिन् । नेपालको सन्दर्भमा पनि हाललाई सोही चक्र लागू गर्न उचित हुने उनको भनाई छ । आर्थिक अभियानबाट ।
प्रतिक्रिया दिनुहोस