aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अमेरिका र चीनबिच टकराब पक्का, अमेरिकी संसद्मा प्रतिबन्ध प्रस्ताव दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
अमेरिका र चीनबिच टकराब पक्का, अमेरिकी संसद्मा प्रतिबन्ध प्रस्ताव दर्ता

एजेन्सी  । अमेरिकी सिनेटमा चीन माथि प्रतिबन्ध लगाउने प्रस्ताव दर्ता भएको छ । रिपब्लिकन पार्टीका सांसदले मङ्गलवार यस्तो कानुन ल्याउनु पर्ने भन्दै प्रस्ताव राखेका हुन् ।

अब चीनमाथि निर्ममतापूर्वक पेस हुने अमेरिकी राष्ट्रपतिको चाहनालाई यसले थप बल पुर्‍याएको समाचार संस्था एएफसीले जनाएको छ । त्यहाँका सांसदहरूले यदि चीनले कोरोना भाइरसबारे पूर्ण जानकारी नदिएमा यस्तो कारबाहीमा उत्रनुपर्ने बताएका छन् ।

सांसद जिम इनहोमले आफ्नो बयानमा भने, ‘चीनको कम्युनिस्ट सरकारलाई यो विश्वव्यापी महामारीको लागि दोषी ठहर्‍याउनु पर्छ किनकि यसमा उसको कस्तो भूमिका रह्यो भन्ने स्पष्ट भइसकेको छ । चीनले सङ्क्रमणको सुरुवातको समयमा पुरापुर ढोका दियो र त्यही धोकाको कारण संसारको धेरै मानिसको ज्यान र समय बर्बाद भएको छ ।

सो प्रस्तावित कानुनको नाम ‘कोभिड-१९ अकाउन्टीबिलिटी बिल’ राखिएको छ । प्रस्तावित कानुन अनुसार  अब ट्रम्पले ६० दिन भित्र सांसदलाई यो बताउनुपर्ने हुन्छ कि चीनले यो सङ्क्रमणको बारेमा पुरा जानकारी दिएको थियो वा थिएन । यदि त्यस्तो हो भने यो सम्बन्धमा संयुक्त राष्ट्र सङ्घ वा यसको अर्को निकाय डब्लुएचओले जाँच गर्न सक्छ । 

कानुन अनुसार यो पनि भन्नु पर्ने हुन्छ कि चीनले आफ्नो सबैभन्दा बढी खतरनाक ‘वेट मार्केट’ (पशु बजार) बन्द गरेको छ वा छैन । यो महामारीको बेला हंगकंगमा पक्राउ परेका प्रदर्शनकारीहरू रिहा भए वा भएनन् भन्ने पनि बताउनु पर्ने छ ।

यदि यी सबै कुरा साबित भएन भने डोनाल्ड ट्रम्पलाई चीन बिरुद केही कडा प्रतिबन्ध लगाउने अधिकार हुनेछ । जस्तो कि चीनको सम्पत्ति फ्रिज गर्ने, यात्रामा प्रतिबन्ध लगाउने अनि भिसा रद्द गर्ने । यसै गरी चिनियाँ कम्पनीलाई अमेरिकी बजारसम्म पहुँच दिने र त्यहाँको बैङ्क मार्फत कारोबार गर्न दिने कुरामा समेत रोक लगाउन सकिन्छ ।


 

प्रतिक्रिया दिनुहोस