
काठमाडौं । चीनले अनुदनमा दिएका औषधि र स्वास्थ्य सामग्री लिएर चिनियाँ एअरफोर्सको जहाज आज बिहान काठमाडौंमा अवतरण गरेको छ। चिनियाँ एयरफोर्सको जहाज औषधि र स्वास्थ्य सामग्री लिएर नेपाल आइपुगेको हो ।
चाइना एयर फोर्स आइएल–७६ जहाज कोरोना जाँच गर्ने किट, औषधि लगायतका स्वास्थ्य सामाग्री लिएर आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।
उक्त स्वास्थ्य सामाग्री चिनियाँ जनमुक्ति सेना (पीएलए)ले नेपाललाई सहयोगस्वरुप दिएको हो। स्वास्थ्य सामग्री लिएर आएको उक्त जहाज आजै फर्कने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस